प्रभु साहले ‘झोले न्यायाधीश’ भनेपछि अवहेलना मुद्दा दर्ता, बौधिमाइका मेयरले दिए निवेदन

माओवादीबाट एमाले हुँदै स्वतन्त्र सांसद जितेर फेरि आम जनता पार्टी गठन गरेका पूर्व मन्त्री तथा सांसद प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।रौतहट ३ तत्कालीन सत्ता गठबन्धन कांग्रेस,माओवादी र नेकपा एससहितको समर्थनमा सांसद जितेका साहविरुद्ध नेकपा एसबाटै निर्वाचित बौधिमाइ नगरपालिकाका मेयर प्रदिप यादवले अवहेलनामा कारवाही माग गर्दै रिट दर्ता गराएका हुन् ।

साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका नेताका झोले न्यायाधीश’ भनेर जिल्ला न्यायाधीशमाथि आरोप लगाएका थिए ।यसबाट अदालतको अवहेलना भएको र न्यायाधीशको अपमान गरेको भन्दै मेयर प्रदिपकुमार यादवले मुद्दा दर्ता गरेका हुन् ।साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप समेत छ । सांसद साह र मेयर यादवबीच विवाद भइरहेको छ । मेयर यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गरेको आरोप साहका कार्यकर्ता गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउन न्यायधाीशले आदेश दिएका थिए ।साहले फेसबुकमा लेखेका छन्–नेताहरुको झोले न्यायाधीशले रौतहट बदनाम एवं अस्तव्यस्त भयो । बेइमान एवं अयोग्य न्यायाधीशहरुलाई छानविनको दायरमा ल्याउन म सम्माननीय प्रधान न्यायाधीशज्यूको विशेष ध्यानाकर्षण गराउँछु ।

रौतहट जिल्ला अदालतमा मनोज केसीसहित अम्बिका प्रसाद दाहाल,पुन्य प्रसाद सापकोटा,विमला रेग्मी,तिलक कार्की,शम्भु प्रसाद रेग्मी र दुर्गा प्रसाद भट्टराई न्यायाधीश छन् । उनीहरु सबै खुला प्रतिस्पर्धा गरेर र न्याय सेवाबाट न्यायाधीश बनेका हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *