काठमाडौंका दुई ठाउँमा आगलागी हुँदा ३२ लाख बढीको क्षति

काठमाडौंका दुई फरक ठाउँमा आगलागी हुँदा ३२ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

बुढानीलकण्ठ नगरपालिका–८ माहांकालस्थित रामचन्द पराजुलीको जग्गा भाडा लिई जस्ताले बनाएको सटरहरूमा आगलागी भएको थियो । कपन बस्ने इश्वर गौतमको फर्निचर उद्योग, वीरेन्द्र साहको माछा पसल, रूद्र बस्नेतको क्याटरिङको सामान पसल, लिलाबहादुर तामाङको खाजा घर र अर्जुन चौधरीको मोटरसाइकल ग्यारेजमा शनिबार राति आगालगी भएको थियो ।आगलागीबाट २५ लाख १४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी काठमाडौं महानगरपालिका–३२ कोटेश्वर रत्नमार्गस्थित सुरेश ढकालको घरमा पनि आगलागी भएको थियो ।

उक्त घरमा डेरा गरी बस्ने गोरखा नगरपालिका–१ घर भएका ३३ वर्षीय राम बहादुर थापाको कोठामा विद्युत सर्ट भई शनिबार राति आगलागी भएको थियो ।आगलागीबाट कोठामा रहेको सरसामान जलेर करिब ७ लाख ५५ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *