सुशान्त केसीले ल्याए ‘झण्डै’, केही घन्टामै पर्‍यो ट्रेन्डिङमा

गायक सुशान्त केसीले आफ्नो जन्मदिनको अवसरमा आइतबार नयाँ गीत ’झण्डै’ सार्वजनिक गरेका छन्। यो गीत रिलिजको केही घन्टामै युट्युब ट्रेन्डिङमा परेको छ।

विछोडको भाव प्रस्तुत गरिएको यो गीतमा सुशान्तको स्वर छ। संगीत उनी र इशान केसीले दिएका छन्। भिडिओमा सुशान्त र राजश्री थापाले अभिनय गरेका छन्। नयन राईको डिओपी तथा निर्देशन यसमा छ। गीत सोमबार बिहान २ लाख ३० हजार भ्युजका साथ युट्युब ट्रेन्डिङमा संगीत खण्डतर्फ १३ औं स्थानमा छ।पछिल्लो समय सुशान्तका एकपछि अर्को गीतले स्रोता/दर्शकको ध्यान तानिरहेका छन्। उनको यसअघिको गीत ’बार्दली’ युट्युबमा तीन महिनामै ४ करोड ८२ लाखभन्दा बढीपटक हेरिएको छ।

सुशान्त यतिबेला कन्सर्टको तयारीमा छन्। आउँदो मार्च ८ मा भक्तपुरको सल्लाघारी मैदानमा उनको कन्सर्ट हुँदैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *