यूएसएआईडीको अनुदान जैविक हतियार बनाउन प्रयोग भएको एलन मस्कको आरोप

विश्वकै धनाढ्य एवं अर्बपति उद्यमी एलन मस्कले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (यूएसएआईडी)को सहायता जैविक हतियार बनाउन प्रयोग भएको आरोप लगाएका छन् ।

यूएसएआईडीको अनुदान सहायता कोभिड–१९ को महामारी निम्त्याउने र करोडौँको ज्यान लिने परियोजनामा खर्च भएको उनको आरोप छ । मस्कले यूएसएआईडीमाथि आपराधिक संगठनको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्समा कानेकावा दिग्रेटले यूएसएआईडीको पाँच करोड ३० लाख अमेरिकी डलर इकोहेल्थ अलाइन्सलाई उपलब्ध गराइएको लेखेका छन् । इकोहेल्थ अलाइन्सले सो रकम चीनको वुहानस्थित ल्याबमा कोरोना भाइरसमाथि अनुसन्धान गर्न उपलब्ध गराएको उनको दाबी छ ।

त्यसैलाई रिपोस्ट गर्दै मस्कले यूएसएआईडीमाथि यस्तो आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सबै किसिमका अन्तर्राष्ट्रिय सहायता रोकेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *