सुस्वस्थ र निरोगी नेपाल बनाउने कुरामा सरकारको ध्यान रहेको छ; प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताए । उनले केही समय नेपाल पछाडि परेको भएपनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुकभन्दा अगाडि जानसक्ने बताए ।

उनले नेपालमा सबैखाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरुले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरु गर्नसक्ने बताए ।उनले आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गरे । अहिलेको सरकारको ध्यान तिब्र विकासको काममा रहेको उल्लेख गरे । अहिलेको सरकारको ध्यान तिब्र विकास, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको बताए ।प्रधानमन्त्री ओलीले भने,’हिजोको हाम्रो इतिहास गौरवपूर्ण छ । अलिकति समय हामी पछाडि पर्यौँ । अब हामी पछाडि पर्नुपर्ने कुनै कारण छैन । सबै टेक्नोलोजी एभाइलेभल छ आज । स्पेश टेक्नोलोजी होस् की, एआई टेक्नोलोजी होस् की, अरु टेक्नोलोजी होस् की सबै एभाइलेभल छ । आज ९/१० मा पढ्ने विद्यार्थीले साइन्सका जुन डेमोहरु गर्दछन्, आश्चर्य लाग्दा डेमोहरु गर्दछन् । ११/१२ मा पढ्ने विद्यार्थीले स्पेश साइन्समा सानासाना रकेटहरु छोड्छन् । अन्तरिक्षमा हामी स्याटलाइट पठाउन सक्छौं भन्छन् । हामी पछाडि पर्नुपर्ने कुनैपनि कारण छैन ।

हामीले आत्मविश्वास राख्नुपर्दछ । अब हामी पछाडि पर्नु हुँदैन । हामीले आत्मविश्वास राख्नुपर्दछ । म देशको प्रधानमन्त्रीको हैसियतले नानीबाबुहरुलाई भन्न चाहन्छु, मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रुपमा आज विकास गर्ने, आज तिब्र विकास गर्ने, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने, ग्लवोल्ली उनीहरुको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने र हामी अगाडि छौँ, हामीसँग हाम्रा महान पुर्खाको जेनेटिक मेमोरी छ ।’प्रधानमन्त्री ओलीले बालबालिकाहरुले हामी गर्नसक्छौं र अरु भन्दा अगाडि जानसक्छौं भन्ने सोचेर अध्ययन गर्न जरुरी रहेको बताउनु भयो । उनले सुस्वस्थ र निरोगी नेपाल बनाउने कुरामा सरकारको ध्यान रहेको बताए । विद्यार्थीलाई गलत संगतमा नपर्ने आग्रह गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *