संसद्ले एउटा पुस्तक पनि डोनर खोजेर छाप्नुपर्ने अवस्था राम्रो भएन : पूर्वसांसद अधिकारी

पूर्वसांसद राधेश्याम अधिकारीले संसद्ले पुस्तक निकाल्न डोनर खोज्नुपर्ने अवस्थामा सुधार आउन आवश्यक रहेको बताएका छन् ।सोमबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले प्रकाशन गरेको ‘सरोकार दर्पण’ विमोचनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘राज्यका तीन अंगमध्ये कार्यपालिकाको हातमा डाडु पन्युँ छ । तर संसद्ले एउटा पुस्तकसम्म निकाल्न नसक्ने अवस्था छ । यो अवस्था घिनलाग्दो हो’, अधिकारीले भने ।संसदीय समितिले डोनरको सहयोगमै ‘सरोकार दर्पण’ प्रकाशन गरेको हो । दर्पण पुस्तक प्रकाशनका लागि समितिले यूएनडीपी, एशिया फाउन्डेसन, एनडीआई, आईआरआई, जनसंख्या तथा विकासका लागि साम्सदहरुको राष्ट्रिय मञ्च (एनएफपीपीडी) लगायतको सहयोग लिएको छ । उक्त पुस्तक विमोचकमा बोल्दै अधिकारीले संसद्ले पुस्तक निकाल्न डोनर खोज्नुपर्ने अवस्था उचित नभएको बताए । ‘संसद्ले एउटा पुस्तक पनि डोनर खोजेर छाप्नुपर्ने अवस्था राम्रो भएन कि,’ अधिकारीले भने ।

उनले अहिले संसद्मा अनुसन्धानका लागि पनि लगानी नभएको पनि बताए ।जसकारण संसद् कमजोर भएको उनको भनाइ छ । पुस्तकालय पनि त्यति प्रभावकारी नभएको अधिकारीले बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *