गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

गण्डकी प्रदेशले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेश सरकारले जारी गरेको सूचनामा उल्लेख छ । मंगलबार गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने सूचनामा छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *