निजी भ्रमणमा नेपाल आइपुगिन् बेलायती राजकुमारी

 

बेलायती राजकुमारी नेपालको निजी भ्रमणमा आएकी छन् । बेलायतबाट काठमाडौं आएकी राजकुमारकी श्रीमति सोफिया बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । उनलाई परराष्ट्रसचिव अमृत कुमार राईले विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।राजकुमार एडवार्ड भने केही बेरमा नेपाल आउँदैछन् । उनी भारत हुँदै नेपाल आउँदैछन् ।राजकुमार दम्पत्तिले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने कार्यक्रम तय भएको छ भने काठमाडौ तथा पोखरा भ्रमण गर्ने बताइएको छ । झण्डै हप्ता दिनको नेपाल बसाईमा राजकुमारले बेलायती सैनामा कार्यररत गोर्खा परिवारसँग पनि भेटघाट गर्ने बताइएको छ । वर्ष २०२५ को प्रथम चरणको वैदेशिक भ्रमणका क्रममा नेपाल आएका हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *