पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको नगर युवा संजालको अध्यक्षमा  प्रकाश रेग्मी चयन

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको नगर युवा संजालको अध्यक्षमा मध्यविन्दु ७ का प्रकाश रेग्मी चयन भएका छन् ।रेग्मी यस अघिको कार्यकालमा सचिव भएका थिए मध्यविन्दु नगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाको मातहतमा रही संचालित यस संजालको उपाध्यक्षमा मध्यविन्दु ८ का उर्मिला नेपाली , सचिवमा मध्यविन्दु १५ का शर्मिला विश्वकर्मा , सह सचिवमा मध्यविन्दु ९ का अनिशा गाहा , कोषाध्यक्षमा मध्यविन्दु २ का कोपिला महतो चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा मध्यविन्दु ५ का प्रसिद्ध विश्वकर्मा , मध्यविन्दु १३ का नविन सारु , मध्यविन्दु १४ का मनिषा सिंजाली , मध्यविन्दु ११ का साक्षी अधिकारी र मध्यविन्दु ६ का स्मृति सुनार मध्यविन्दु १ बाट अनिसा पौडेल चयन हुनुभएको शिक्षा युवा तथा खेलकुद महाशाकाका शिक्षा सहायक गीता चापागाईले जानकारी दिनुभएको छ ।

निवर्तमान अध्यक्ष टेक बहादुर खाम्चाको नेतृत्वको कार्यकाल सकिएकाले आज खाम्चाको अध्यक्षता तथा शिक्षा सहायक गीता चापागाईको प्रमुख आतिथ्यमा र विभिन्न वडाका प्रतिनिधिहरुको भेलाले नयाँ संजाल समिति गठन गरेको हो ।मध्यविन्दु नगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका शिक्षा अधिकृत कृष्ण प्रसाद रेग्मीले अन्य पालिकाको तुलनामा हाम्रो खुसी पाठ्यक्रमले यस पालिकामा ख्याती कमाएको भन्दै सो को प्रभाव अबका पुस्तामा पार्न युवाले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने भन्दै शुभकामना सहित निर्देशन दिनुभयो ।कार्यक्रममा नयाँ समिति गठन पश्चात प्रमुख अतिथि चापागाईले नव निर्वाचित संजालका सम्पूर्ण पदाधिकारीहरुलाई बधाइ सहित शिक्षा युवा तथा खेलकुद महाशाखासंग समन्वय गरी अगाडी बढ्न सुझाव दिनुभयो । कार्यक्रममा मध्यविन्दु खुसी स्रोत शिक्षक कृष्ण चन्द्र गिरी , ज्च्त् मिना न्यौपाने , लगायत युवाहरुको उपस्थिति रहेको थियो ।

निर्वाचित भएपछि नव निर्वाचित अध्यक्ष प्रकाश रेग्मीले युवाहरुको आवश्यकताका अधारमा नगरपालिकासंग समन्वय गरेर गतिविधि संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आँफु अध्यक्ष भएता पनि सबी पदाधिकारीको उत्तिकै भूमिका हुने हुनाले सबैले सहयोग गर्न पनि आग्रह गर्नुभयो िकार्यक्रम मध्यविन्दु नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *