दिल्ली विधानसभा चुनावमा सुरू भयो मतदान

 

भारतको दिल्ली विधानसभा चुनावको मतदान सुरू भएको छ।दिल्लीको सबै ७० विधानसभा सिटहरूमा बुधबार बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।मतदान साँझ ६ बजेसम्म जारी रहनेछ।दिल्ली विधानसभा चुनावका लागि ६९९ उम्मेदवारहरू मैदानमा छन्। मतदान गर्न १ करोड ५६ लाख मतदाता योग्य रहेको बिबिसीले उल्लेख गरेको छ। चुनावलाई मध्येनजर गर्दै दिल्ली र हरियाणामा बुधबार सार्वजनिक बिदा दिइएको छ। दिल्लीमा सन् २०१५ र सन् २०२० मा आम आदमी पार्टीले बहुमत ल्याएको थियो।२०१५ मा ७० मध्ये ६७ सिट र २०२० मा ७० मध्ये ६२ सिट आम आदमी पार्टीले जितेको थियो।बीचमा अरबिन्द केजरिवाल पक्राउ, लोकसभा चुनावपछि बढेको भारतीय कंग्रेस आईको शक्ति लगायत विभिन्न हिसाबले दिल्ली बिधानसभा चुनावलाई चासोका साथ हेरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *