दाजुको हत्या आरोपी २० वर्षपछि पक्राउ
आफ्नै दाजुको हत्या गरेको आरोप लागेका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–२ घर भएका उमेश रजक छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले आफ्नै ४० वर्षीय दाइ गणेश रजकको १ माघ २०६१ मा हत्या गरेको आरोप छ ।हत्यापछि २० वर्षसम्म उनी फरार हुँदै आएका थिए । पक्राउ परेका उनीविरुद्ध सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।
Facebook Comment