सानदार मःम पसलमा आगलागी : ११ ‘स्टाफ’ घाइते, दुईजनाको अवस्था गम्भीर
काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागी भएको छ । बिहीबार (माघ २४) बिहान करिब ८ः५० बजे ग्यास चुहावट भई आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।
आगलागीमा परी ११ जना घाइते भएका छन् । उपचारका निम्ति उनीहरूलाई कीर्तिपुर बर्न अस्पतालमा पठाइएको परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए । काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागी भएको छ । बिहीबार (माघ २४) बिहान करिब ८ः५० बजे ग्यास चुहावट भई आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।आगलागीमा परी ११ जना घाइते भएका छन् । उपचारका निम्ति उनीहरूलाई कीर्तिपुर बर्न अस्पतालमा पठाइएको परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।
घाइते भएका सबै ११ जना नै सोही मःम पसलका स्टाफ (कर्मचारी) रहेका उनले बताए । “घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ,” उनले भने । घाइतेलाई सुरुमा हिमाल अस्पतालमा लगिएको थियो । त्यहाँबाट कीर्तिपुर पठाइएको हो । आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मीको टोली खटिएको थियो ।
Facebook Comment