ओलीलाई प्रचण्डको सुझाव- देउवाका कान र आँखा तगडा छन्, दिनैपिच्छे सत्ता सुम्पिन्छु नभन्नू
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नढल्नेबारे दिनैपिच्छे स्पष्टीकरण दिएर नहिँड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएको हो ।‘अस्ति प्रधानमन्त्रीले गीत गाउनुभयो, ढलेँ, ढलेँ, ढलेँ । तपाईंहरूसँग विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु ।
भनेको भन्दा ७ दिनअघि छाड्छु भन्नुपर्छ त ?,’ उनले भने, ‘तपाईंहरूमा आपसमा साँच्चै विश्वास भएको भए । हरेक ठाउँमा समयमै छाड्छु भनिरहनुपर्ने । के शेरबहादुरजीले सुन्नु हुन्न र ?’उनले कांग्रेस सभापति शेरबहादुर देउवाका कान र आँखा तगडा भएको भन्दै सरकारबारे धेरै भनिरहन नपर्ने बताए । ‘शेरबहादुरजीको कान र आँखा तगडा छन् । धेरै पटक भन्न पर्दैन । म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु,’ प्रचण्डले भने ।अहिलेको सरकार प्राकृतिक, संवैधानिक र पारदर्शी नभएको प्रचण्डले दोहो¥याए ।‘त्यसकारण यो आफ्नै बोझले ढल्छ मात्रै भनेको हो । त्यसैले हाम्रो कारणले तपाईंहरूले एक अर्काको कुर्सी मिलाइराख्नु पर्दैन । हामी एक ठाउँमा छौं भन्ने देखाइरहनु पर्दैन,’ उनले भने, ‘प्रधानमन्त्री र नेपाली कांग्रेसका नेताहरूको कुर्सी मिलाइराख्नुपर्दैन । हामीसँग हरेक दिन यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइराख्नु पनि पर्दैन ।’
उनले ०८४ पछि पनि सँगसँगै अघि बढ्न कांग्रेस–एमालेलाई शुभकामना पनि दिए ।‘हामी सरकार त बनाउँछौं, हेर्नुहोला । आफ्नै सामथ्र्यमा टेकेर सरकार बनाउँछौं । सरकारको खेलमा अहिले हामी छैनौं । अहिले संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिँडिरहनुभयो भने हामी जबरजस्त प्रतिवाद गर्छौं,’ प्रचण्डको चेतावनी छ ।
Facebook Comment