अध्यादेश ल्याउनुको कारण जनतालाई भन्नुपर्छ : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्ने बताएका छन् ।शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुुराकानी गर्दै उनले संसद्को माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्नेमा सरकार उल्टो बाटोमा लागेका आरोप लगाए ।अध्यादेश ल्याउनै पर्नेगरी राष्ट्रलाई के संकट परेको थियो भन्दै प्रश्न समेत उनले गरेका छन् ।

‘संसद् बोलाएर संसद्को माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्छ । संसद नबोलाउने अध्यादेशबाट देश चलाउन खोज्ने ? यो उल्टो बाटो भएन ?,’ उनले भने, ‘अध्यादेश ल्याउनुपर्ने कारण नेपाली जनतालाई बताउनु पर्यो नि । राष्ट्रको अगाडि के संकट थियो ? बाढी आएको थियो कि भूकम्प आएको थियो कि विदेशीले आक्रमण गरेको थियो कि ?’राजनीतिक दलहरुको यही नीति, व्यवहार र चरित्रले मुलुकको अर्थतन्त्र नसुध्रिने समेत जिकिर गर्दै उनले भने, ‘संसद बस्नै नसक्ने अवस्थामा पो अध्यादेश ल्याउने हो । राजनीतिक पार्टीहरूको यो चरित्रले, यो व्यवहारले र यो नीतिले देशको अर्थतन्त्र सुध्रिन्छ ?’




Leave a Reply

Your email address will not be published. Required fields are marked *