पुजा महतो बनिन् महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी

 

नेपाली क्रिकेट टिमकी अलराउण्डर पुजा महतो काठमाडौंमा सम्पन्न महिला टी–२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् ।प्रतियोगितामान जितविहीन रहेपनि नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी पुजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै स्कुटर जितेकी हुन् । उनले प्रतियोगिताभर ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइन्‌ भने ३ विकेट पनि लिइन्।प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिपाथ्चा पुथावोङ घोषित भइन् । यस शृंखलाको उपाधि थाइल्याण्डले‌ जितेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *