महिलाको ‘नो मिन्स नो नै हुन्छ’ भन्ने युवा पुस्तालाई बुझाइयोस् : सांसद चन्द
नेकपा माओवादी केन्द्रकी सांसद रेनु चन्दले महिलाको ‘नो मिन्स नो नै हुन्छ’ भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको बताएकी छन् ।आइतबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा लिएर बोल्दै उनले यस्तो बताएकी हुन् । अछाममा दुई जना किशोरीको हत्या दुई जना किशोरहरूले गरेको घटना स्मरण गर्दै उनले यस्तो बताएकी हुन् ।
‘शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गरेको रिसमा यो हत्या भयो । सहमति हुने कुरामा असहमति रहँदा महिलाको ज्यान जान्छ । महिलाको नाममा ह्याँ हुन्छ भन्ने मिथकको परिणाम हामीले आज भोगिरहेका छौं’, उनले भनिन् ।गलत मिथक तोड्न नयाँ पुस्तालाई महिलाको ‘नो मिन्स नो नै हुन्छ’ भन्ने बुझाउन आवश्यक रहेको उनले बताइन् ।उनले भनेकी छन्, ‘यहाँ कानुनको साथसाथै शिक्षा, स्थानीय सरकार लगायत सबै ठाउँमा गम्भीर भएर काम गर्नुपर्ने अवस्था देखा परेको छ । महिलाको नो मिन्स नो नै हुन्छ भन्ने कुरा आजका युवा पुस्तालाई राज्यले बुझाउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।’
Facebook Comment