संविधानभन्दा पहिले राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गरौं: अध्यक्ष बाँस्कोटा
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले संविधान संशोधन गर्नुभन्दा पहिले राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गर्नुपर्ने बताएकी छन्।
नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन सत्रमा आइतबार बोल्दै उनले ठूला राजनीतिक दलहरूमा नेतृत्वले कति वर्ष काम गर्न पाउने भन्ने योजना नै नभएको बताएकी हुन्।‘हामी अहिले संविधान संशोधन गर्नुप¥यो भन्दैछौं। संविधानभन्दा पहिले नेताको चरित्र संशोधन गर्नुप¥यो। राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गर्नुप¥यो,’ उनले भनिन्, ‘तपाईंको दलमा एकचोटि आएपछि एक्जिट हुने प्लान नै छैन। तपाई सयौं वर्षसम्म पनि त्यही बसेर सत्ताको हालिमुहाली गर्नुहुन्छ। त्यस्तो चरित्र संशोधन गरौं न। संविधानमा संशोधन त त्यही लेखिएको छ त्यहीँ गएर गर्दा भइहाल्यो नि!’
उनले साधारण र जनताको समस्या हल गर्ने किसिमको राजनीतिक चरित्र निर्माण गर्नुपर्ने बताइन्।
Facebook Comment