प्रचण्डको आरोप : प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको बताएका छन् ।

जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेको बताएका हुन् । ‘हामीले धेरैपटक भनिनै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’अध्यक्ष प्रचण्डले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गरे ।उनले आफूले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै भएको बताए । ‘मैले मधेशी जनताका लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो ।

तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके’, उनले भने ।प्रचण्डले जनता समाजवादी पार्टी नेपाल मन्त्री र सरकारको लोभमा अध्यादेशको पक्षमा नजाने र अध्यादेश स्वीकृत नहुने दाबी समेत गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *