यूएसएडका १४ हजार कर्मचारीहरूमा २९० को मात्रै जागिर जोगिने

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग निकाय यूएसएडमा काम गरेका १४ हजार कर्मचारीहरूमा २९० जनाको मात्रै जागिर बच्ने भएको छ ।यूएसएडकी पूर्वप्रशासक सामन्था पावरले हासलौ अमेरिकी अखबार न्यू योर्क टाइम्समा एक आलेख लेखेर यस्तो बताएकी हुन् ।

अमेरिकाको विदेश नीतिलाई फाइदा गर्नेगरी विश्वभर राजनीतिक पुँजी बनाएर तथा धेरै मानवीय सेवाहरूमा यूएसएड महत्त्वपूर्ण भएको भन्दै पावरले बन्द हुनु खराब भएको तर्क गरेकी छिन् ।उनले यूएसएड बन्द भएर स्टेट डिपार्टमेन्टमा गाभिएमा विश्वभरका ‘तानाशाह’लाई फाइदा पुग्ने बताएकी छिन् । पावरले चीन र रुसलाई त्यसले फाइदा हुने बताएकी छन् ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनले नियुक्त गरेका डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसिएन्सी (डज) प्रमुख एलन मस्कले यूएसएडमा तारन्तार आक्रमण गरिरहेका छन् ।हालसालै सामाजिक सञ्जालमा यूएसएडकी पूर्व प्रशासक पावरको अस्वभाविक सम्पत्ति भएको चर्चा चलेको छ ।

मस्कले पनि सेयर र कमेन्ट गरेको सामाजिक सञ्जाल एक्सको चर्चामा पावरको सम्पत्ति ६७ लाख अमेरिकी डलरबाट बढेर ३ करोड पुगेको बताइएको छ ।१ लाख ८० हजार डलर तलब हुने कर्मचारीको यो सम्पत्ति अस्वभाविक भएको बताइएको छ । मस्कले उक्त जानकारी सेयर गरेर लेखेका छन्, ‘यो शङ्कास्पद सुनिन्छ ।’

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *