चाबहिलमा एक युवकको हत्या
काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ ।चाबहिलको कुमारीगाल भन्ने ठाउँमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन् ।यद्यपि पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । प्रहरीका एक अधिकृत अनुसार घटनालाई गोप्य राखेर अनुसन्धान अघि बढाइएको छ ।घटनाबारे थप विवरण भोलि (मंगलबार) मात्रै सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
Facebook Comment