पदक विजेता पलेसा र प्रशिक्षक नेगी सम्मानित
पेरिस पारालम्पिक–२०२४ मा कांस्यपदक विजेता पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । कोरियन मार्सल आट्र्स एकेडेमीले गोवर्धनलाई २५ हजार रुपैयाँसहित सम्मान गरेका हो । प्रशिक्षक नेगीलाई १० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।सोही कार्यक्रममा एकेडेमीका खेलाडीलाई प्रमाणपत्र वितरण तथा सम्मान पनि गरिएको थियो । ललितपुरस्थित उक्त एकेडेमीको हलमा सम्मान कार्यक्रम गरिएको थियो ।एकेडेमीमा तेक्वान्दोतर्फ १२० र मुईथाईमा ३० जनाले नियमित प्रशिक्षण लिइरहेका छन् ।
Facebook Comment