विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

विपक्षी दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।कांग्रेस सांसद रामहरि खतिवडाले बोलेको अभिव्यक्तिप्रति आपत्ति जनाएर विपक्षी दलहरुले अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।तर, विपक्षी दलका सबै सांसदहरु उठेपछि अहिले सदन अवरुद्ध भएको छ। शून्य समय सकिएपछि सांसद खतिवडालाई बोल्न दिइएको थियो।उनले रास्वपा सभापति रवि लामिछानेले पदको दुरुपयोग गरेको कुरा उठाएपछि विपक्षी दलहरुले खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।सभामुखले खतिवडाले कुन नियमावलीको आधारमा बोलेको भन्ने संसद सचिवालयलाई अध्ययन गरेर निर्णय गर्न आदेश दिएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *