काठमाडौँ महानगरपालीका को सम्पत्तिको चरम दोहन

काठमाडौँ महानगरपालीका को सम्पत्ति चरम दोहन गरिएको फेला परेको छ । मेयर बालेन्द्र साहको निर्देशनमा सवारीसाधनको चरम दोहन भएको छ । करोडौँको बजेट चलाउन पाउने अधिकार बोकेका वाडाध्यक्षलाई काठमाडौँ महानगरपालीका को विष्यगत समितिका संयोजकको हैसियतमा आधा करोड पर्ने विद्युतीय र अन्य सवारीसाधान उपलब्ध गराइएको छ । काठमाडौँ महानगरपालीका मा १३ विष्यगत समिति छन् । नियम र कानुनमा नभएको विष्यमा मेयर साहले वडाध्यक्ष खुसीपार्ने समितिका संयोजकलाई सवारीसाधन उपलब्ध गराएको पाइएको हो ।

१३ विष्यगत समितिमध्ये ४ जना संयोजकले सुविधाको सवारी साधन, बाँकी ९ जनाले सुविधा लिएका छन् । उच्च स्रोतका अनुसार मेयर साहाले कार्यपालिकाको बजेट ब्यवस्थापन गर्न र आफूअनुकूल काम गराउन समितिका सभापतिलाई सवारीसाधन उपलब्ध गराएका हुन् । स्रोतका अनुसार समितिका संयोजकबाहेक स्वकीयसचिव भूपदेव शाह र मेयरका प्राविधिक सल्लाहकार सुनील लम्सालले काठमाडौँ महानगरपालीका को सवारीसाधन प्रयोग गरिरहेका छन् । अन्य सल्लाहकारले पनि काठमाडौँ महानगरपालीका को गाडी प्रयोग गरेका छन् । तर , तथ्यांक छैन ।मेयर साहले नियमविपरीत वातावरण व्यवस्थापन विभागमा कर्मचारीमा नियुक्ति गरेका भारतीय नागरिक अमित चौहानले वातावरणविभागको सवारीसाधन प्रयोग गरिरहेका छन् । सूचना प्रविधि संयोजक एवं प्रवक्ता नवीन मानन्धरले पेट्रोलबाट सञचालन हुने निशान जिप प्रयोग गरेका छन् ।

काठमाडौँ महानगरपालीका ३२ का वडाअध्यक्ष एवं राजस्व समितिका संयोजक नवाराज पराजुली , सुशासन समितिका संयोजक एवं २८ वडाका अध्यक्ष ख्याम तिवारी, विपद् व्यवस्थापन समितिका संयोजक एवं काठमाडौँ महानगरपालीका ३ का अध्यक्ष प्रेम थापा , भौतिक पूर्वाधार समितिका संयोजक एंव काठमाडौँ महानगरपालीका १ का अध्यक्ष राजेशकुमार श्रेष्ठ, कृषि तथा सहकारी समितकिा संयोजक एवं काठमाडौँ महानगरपालीका ९ का अध्यक्ष रामजी भण्डारी , सम्पदा तथा पर्यटन समितिका संयोजक एंव काठमाडौँ महानगरपालीका ८ का अध्यक्ष आशामान संगत सामाजिक समितिका संयोजक एंव काठमाडौँ महानगरपालीका १० का अध्यक्ष रामकुमार केसी र वातावरण समितिका संयोजक एंव काठमाडौँ महानगरपालीका १२ का अध्यक्षले करिब ५८ लाख रुपियाँ पर्ने विद्युतीय सवारीसाधन प्रयोग गरिरहेका छन् । प्रवक्ता मानन्धरबाहेक सबैले विद्युतीय सवारीसाधन प्रयोग गरिरहेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *