‘गल्फ अफ मेक्सिको’ उच्चारण गरेको भन्दै अमेरिकी पत्रकारलाई ह्वाइट हाउस छिर्न प्रतिबन्ध
गल्फ अफ मेक्सिको उच्चारण गरेको आधारमा एक अमेरिकी पत्रकारलाई ह्वाइट हाउसमा छिर्न प्रतिबन्ध लगाइएको छ ।जर्मनको विश्व च्यानल डीडब्लूका अनुसार अमेरिकी सरकारी समाचार एजेन्सी एपीका पत्रकारले राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ न्वारान गरेको गल्फ अफ अमेरिका नभनेर गल्फ अफ मेक्सिको भनेको आधारमा उनलाई प्रवेश नदिइएको हो ।
यो घटना मङ्गलवारको हो । एपीकी कार्यकारी सम्पादक जुली पेसले ट्रम्प प्रशासनले स्वतन्त्र पत्रकारिता गर्नमा अवरोध गरेको भन्दै सार्वजनिक वक्तव्य दिएकी छिन् ।एपीले आफ्नो स्टाइल बुकमा पछिल्लो ४०० वर्षमा गल्फ अफ मेक्सिको कै नाम प्रयोग भएको भन्दै आफू विश्व न्यूज एजेन्सी भएकोले त्यही नाम प्रयोग गर्ने बताएको छ ।
हालसालै गुगल र एपलले अमेरिकी राष्ट्रपतिले दिएकै नाम ‘गल्फ अफ मेक्सिको’ प्रयोग गरेका छन् ।यस्तै ट्रम्प प्रशासनले पत्रकारलाई निषेध गरेकोमा ह्वाइट हाउस करोसपोन्डेन्ट्स एसोसिएसनले विरोध प्रदर्शन गरेको छ ।अध्यक्ष युजेन डेनियल्सले प्रवेश निषेधको घटन अस्वीकार्य भएको भन्दै सार्वजनिक वक्तव्य दिएका छन् ।
Facebook Comment