सर्वस्वसहित जन्म कैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ
सर्वस्वसहित जन्म कैद सजाय पाएर कैद भुक्तान गर्दागर्दै कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् ।कैलाली कारागारबाट २०६९ साल साउन २२ गते फरार भएका गोदावरी नगरपालिका–११ का ४८ वर्षीय देव सिंह ठकुरी भनिने दिपकबहादुर सिंहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिंहलाई बुधबार बिहान नेपाल–भारत सिमाना गड्डाचौकी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । उनलाई आजै कैलाली पु¥याइएको छ ।सिंहलाई कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतको ०६७ साल मंसिर २७ गतेको फैसलाले २०६६ असार ११ गतेदेखि लागू हुने गरी सर्वस्वसहित जन्म कैद सजाय सुनाएको थियो ।त्यसअघि उनले हातहतियार खरखजना मुद्दामा एक वर्ष कैद भुक्तान गरिसकेका थिए । त्यसैबेला उनीमाथि भक्तबहादुर भनिने बमबहादुर साउदको हत्या गरेको अभियोगमा अदालतले सर्वस्वसहित जन्म कैद सजाय सुनाएको हो ।सिंहले २०६४ साल फागुन २४ गते राति गोली प्रहार गरेर साउदको हत्या गरेका थिए ।
सिंहमाथि हत्या र हातहतियार खरखजनाबाहेक अन्य मुद्दाहरु पनि छन् ।उनीविरुद्ध २०६२ साल असोज २ गते गोदावरी–६ कै मानबहादुर सुनारको हत्या, २०६५ असार १० गते अपहरण, २०६६ असार १० गते हातहतियार खरखजनालगायत मुद्दा रहेका छन् ।
Facebook Comment