सासूको हत्या आरोपमा बुहारी पक्राउ

धनुषामा एक जना महिलाको हत्या गरेको अभियोगमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ।

जनकनन्दनी गाउँपालिका–५ उधा बस्ने ६५ वर्षीया समुन्द्री देबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डललाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।घरायसी वादविवादको क्रममा उनीहरूबीच झै–झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको थियो।

उक्त खबर पाएपछि इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरेको हो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *