नेपालमै बसेर अन्तर्राष्ट्रिय विश्वविद्यालयको अध्ययन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अध्ययन गरी देश निर्माणमा लाग्न युवाहरूलाई आग्रह गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईले गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा शैक्षिक गुणस्तरको विषयलाई लिएर प्रश्न उठाइने गरेको भएपनि अहिले त्यो अवस्था नरहेको बताए ।‘शैक्षिक गुणस्तरको कुरालाई लिएर जुन प्रश्न गरिन्छ, त्यो खास गरेर मै विद्यार्थी हुँदा हामीले सिमित विषयहरू छान्न पाउने गर्दथ्यौँ । तर अहिले त्यो अवस्था छैन,’ उनले भने ।अहिले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा पढाइ हुने विषयहरू पनि नेपालकै क्याम्पसहरूमा अध्ययन गर्न सकिने अवस्था रहेको उनले उल्लेख गरे ।नेपालमै अध्ययन गरी नेपाली समाजलाई अगाडि बढाउन युवाहरूले विशेष ध्यान दिन जरुरी रहेको बताए ।

‘हामीले धेरै विषयहरु छानेर अध्ययन गर्नसक्छाँ। अहिले विभिन्न विषयमा अध्ययन गर्न मिल्छ । अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढाइ हुने विषयहरू अहिले नेपालमै बसेर पढ्न मिल्छ । यहीँ नेपालमै बसेर अध्ययन गरेर समाज अघि बढाउन सकिन्छ, त्यसमै ध्यान दिनुपर्छ,’ उनले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *