बबरमहलमा फुटेको पाइप मर्मत सकियो, पानी पठाएर परीक्षण गरिँदै

काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ ।काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार करिब २० घण्टामा पाइप मर्मतको काम सकिएको हो ।उनका अनुसार अहिले पाइपमा पानी परीक्षणको काम भइरहेको छ ।

‘पानी परीक्षणको कार्य भइरहेकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौं,’ उनले भने ।बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको थियो ।उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुट्न पुगेको थियो ।पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी आइरहेको थियो ।प्राधिकरणले उपत्यकामा विद्युत्का तारहरू व्यवस्थित गर्न भन्दै अण्डरग्राउण्डको काम गरिरहेको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले भने मन्त्रालय र मातहतका निकायसँग समन्वयन नगरी प्राधिकरणले काम गर्दा पाइप फुट्न पुगेको बताएका छन् ।प्राधिकरणले पनि आफूहरूको गल्तीकै कारण पाइप फुटेको स्वीकार गरिसकेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *