कालीखोलाबाट त्रिशूलीमा खसे मोटरसाइकल चालक

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डबाट एक मोटरसाइकल चालक त्रिशूली नदीमा खसेका छन् । इच्छाकामना गाउँपालिका–५, कालीखोलास्थित डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालक त्रिशूलीमा खसेका हुन् ।नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०६–०२प९२०४ नम्बरको मोटरसाइकल शुक्रबार (फागुन २) दिउँसो डिभाइडरमा ठोक्किएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।ती चालकको पहिचान भएको छैन । मोटरसाइकल फेला परेको ठाउँमा लमजुङ घर भई चितवनको रामनगरमा बस्दै आएका रोहित रानाको नागरिकता र भारतीय आर्मीको कार्ड भेटिएको उनले बताए ।त्रिशूली नदीमा चालकको खोजी जारी छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *