आर्यघाट पुगेर दीपक, दीपाले दिए जितुकी आमालाई श्रद्धाञ्जली
अभिनेता जितु नेपालकी आमा योगमायाको पार्थिव शरिरलाई आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । जितुका माइला दाईले आमाको शवमा दागबत्ती दिएका थिए ।जितुकी आमा योगमायालाई अन्तिम श्रद्धाञ्जली दिन ‘छक्कापञ्जा’को फिल्मको टोली पशुपति आर्यघाटमा पुग्यो । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, कमेडियन भरतमणी पौडेल, सुमन कोइराला, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला पनि आर्यघाट पुगेका थिए ।लामो समयदेखि दम रोगबाट पीडित योगमायाको आइतबार बिहान निधन भएको थियो । योगमायाका ७ सन्तानमध्ये जितु कान्छा हुन् ।
Facebook Comment