छुवाछुतको विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले छुवाछुतको विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताएका छन् । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेदलागायत विषयमा तयार पारेको ज्ञापनपत्र बुझ्दै लेखकले जातीय विभेद निर्मुल पार्न सरकार लागिपरेको बताए । “प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क बनाउँछु । ७७ जिल्लामै डेस्क बनाउन भन्छु,” उनले भने । उनले संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चितता हुनेगरी राख्नुपर्छ भनेर आफैँले भनेको स्मरण गरे । “त्यहीअनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो,” उनले भने, “जातीय विभेदलाई निर्मुल हुनुपर्छ भनेर म लागिपरेको छु ।” आफू गृहमन्त्री भएपछि नेपाल प्रहरीमा दलित समुदायबाट डम्बर विश्वकर्मा डीआईजी भएको बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *