दिल्लीमा ‘शक्तिशाली’ भूकम्पको धक्का
भारतको राजधानी दिल्लीमा ‘शक्तिशाली’ भूकम्पको धक्का महसुस गरिएको छ ।स्थानीय समयअनुसार सोमबार बिहान ५ बजेर ३६ मिनेटमा दिल्ली आसपास भूकम्प गएको आजतकको समाचारमा उल्लेख छ ।भूकम्पको केन्द्रविन्दु जमिनबाट पाँच किलोमिटर भित्रको गहिराइमा रहेको र यसले गर्दा घरहरू धेरै नै हल्लिएको बताइएको छ । भूकम्पको मापन ४ रेक्टर स्केलको रहेको छ ।भूकम्पबाट आत्तिएर मानिसहरू घरबाहिर सडकमा निस्किएका थिए । हालसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको समाचारमा उल्लेख छ ।
Facebook Comment