आकस्मिक समयमा बोल्न नपाएपछि रास्वपा सांसद् श्रेष्ठद्वारा बैठक बहिष्कार

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद बैठक बहिष्कार गरेकी छन्।प्रतिनिधि सभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्नका लागि समय मागेकी उनलाई सभामुखले बोल्न समय नदिएपछि बैठक बहिष्कार गर्दै बाहिरिएकी हुन्।संसदको बैठकको कारबाही सुरु गरेपछि ढ्यापढ्याप गरेर समय मागेकी उनलाई सभामुख देवराज घिमिरेले समय दिएनन्।

‘सभामुख महोदय, मैले पनि समय मागेको थिएँ। नेपाली विद्यार्थी भारतको….’ बोल्दै गर्दा सभामुख घिमिरेले सांसद श्रेष्ठलाई आफूले बोल्न समय नदिएको भन्दै संसद् नियमावली समेत स्मरण गराए।आकिस्मक समयको अन्त्यसम्म पनि उनलाई बोल्न समय नदिएर शून्य समय सुरु गरेपछि उनले त्यसको प्रतिवाद समेत गरेकी थिइन्। यद्यपि संसद् पेलेरै अघि बढेपछि उनले बैठक बहिष्कार गरेकी हुन्।उनले प्रतिवाद गर्नुअघि सभामुख घिमिरेले सरस्वती बजीमय, रघुजी पन्त, रामकुमार राई, अशोककुमार चौधरी, विरेन्द्रप्रसाद महतो, सीताकुमारी राना, सूर्यबहादुर थापा र सम्झना थपलियाले बोल्न समय दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *