प्रधानमन्त्री ओली पोखरा जाँदै, फर्किएर प्रगतिशील बिहेमा सहभागी हुने
प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् ।
पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज पोखरा जान लागेको उनको सचिवालयले जनाएको छ ।दीक्षान्त समारोह पोखरा महानगरपालिका–३०, ढुंगेपाटनमा आज बिहान ११ बजे राखिएको छ ।प्रधानमन्त्री ओली बिहान १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा प्रस्थान गर्ने कार्यक्रम छ । त्सपछि उनी सोही हेलिकोप्टरबाट दिउँसो ३ बजे काठमाडौं फर्किने छन् ।त्यसपछि प्रधानमन्त्री ओली एक प्रगतिशील बिहेमा सहभागी हुनेछन् ।
एमाले निकट विद्यार्थी संगठनका नेताहरुको प्रगतिशील बिहेको कार्यक्रम तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा राखिएको छ ।
Facebook Comment