दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताले लिइन् शपथ
भारतीय जनता पार्टी (भाजपा) विधायक रेखा गुप्ताले नयाँदिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ लिएकी छन् ।दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक भाजपाका नेताहरूको सहभागिता रहेको थियो ।बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।दिल्लीको सत्तामा भाजपा २७ वर्षपछि पुनरागमन गरेको हो ।गुप्ता सहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए ।
गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन् ।
Facebook Comment