नागरिकता विधेयकमा ३६ संशोधन प्रस्ताव
नागरिकता ऐन संशोधन विधेयकमा ३६ वटा संशोधन प्रस्ताव परेको छ । ७२ घण्टाको संसोधन प्रस्ताव राख्ने समयभित्र सांसदहरूका ३६ वटा संशोधन परेका हुन् ।सरकारले ल्याएको विधेयकमाथि गत आइतबार प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो ।सोमबार प्रतिनिधिसभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो । योसँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न समय पाएका थिए ।निर्धारित समयभित्र ३६ वटा संशोधन परेको हो ।
Facebook Comment