भक्तपुरमा मृत भेटिएका युवकको परिवारले छोराको साथीविरूद्ध दिए जाहेरी

भक्तपुरमा मृत भेटिएका युवकको परिवारले छोराको साथीविरूद्ध प्रहरीमा जाहेरी दिएका छन्। चाँगुनारायण नगरपालिका–४ खोरिया जारीगाउँका १९ वर्षीय निरोज लामा मंगलबार मृत भेटिएका थिए। उनी साथी २१ वर्षीय बादल तामाङको घरमा मृत भेटिएका थिए।

बिहीबार निरोजका परिवारले बादलमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी डुन्डिराज न्यौपानेले जानकारी दिए। ’बिहीबार जाहेरी आएपछि घटनाकै दिन राखेर म्याद थप गर्न जिल्ला अदालत पठाएका छौं,’ डिएसपी न्यौपानेले भने, ’परिवारले बादलमाथि मात्र जाहेरी दिएका छन्।’ उनीहरू मंगलबार बिहान ३ बजे बादलको घरमा आएर छुट्टाछुट्टै कोठामा सुतेका थिए। ढिलासम्म नउठेपछि बोलाउन जाँदा निरोज मृत फेला परेको प्रहरीले जानकारी दिए।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *