दक्षिण कोरियाले लगायो चिनियाँ एआई एप डिपसिकलाई प्रतिबन्ध

दक्षिण कोरियाले चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ’डिपसिक’लाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ।सोमबारदेखि नै दक्षिण कोरियामा डिपसिकको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाएको हो।उक्त एपले देशको डेटा सुरक्षा कानुनको पालना गर्छ कि गर्दैन भन्ने निश्चित नभएसम्मका लागि दक्षिण कोरियाले डिपसिकलाई प्रतिबन्ध लगाएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।

दक्षिण कोरियामा अहिले उक्त एप गुगल प्लेस्टोर र एप्पल स्टोरहरूबाट हटाइएको छ। वेभ ब्राउजरबाट भने चलिरहेको न्युयोर्क टाइम्सले जनाएको छ।एपले दक्षिण कोरियालीहरूको व्यक्तिगत डेटा सुरक्षा सम्बन्धी कानुनको पालना गरेको सुनिश्चित गरेपछि एप पुनः सुरु हुने नियामक अधिकारीहरूले बताएका छन्।डिपसिकको एक महिनाअघिमात्रै आफ्नो च्याटबट सार्वजनिक गरेको थियो।त्यतिबेला डिपसिकले यस्तै खालका अमेरिकी कम्पनीहरूलाई प्रतिस्पर्धामा उछिनेपछि सेयर बजारमा तहल्का मच्चिएको थियो। डिपसिक सार्वजनिक भएपछि एआईमा काम गरिरहेका अमेरिकी कम्पनीहरूको सेयर मूल्यमा व्यापक कमी आएको थियो।

यद्यपि यसले अनधिकृत डाटा प्रयोग गरेको शंकमा ओपनएआई र माइक्रोसफ्टले छानबिन समेत सुरू गरेको छ।पछि अमेरकाले संघीय सांसदहरूलाई उक्त चिनियाँ च्याटबटको समीक्षा गरिरहेकाले प्रयोग नगर्न निर्देशन दिएको थियो।अस्ट्रेलिया र ताइवानमा पनि डिपसिक एप प्रतिबन्ध लगाइएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *