बंशजको नागरिकता कायम राख्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली (एनआरएन)का लागि आर्थिक सामाजिक अधिकार सहितको नागरिकतामा आफू प्रतिबद्ध रहेको बताएका छन्।गैरआवासिय नेपाली संघ(एनआरएनए)का अध्यक्ष बद्री केसीसहितको टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले त्यस्तो नागरिकता जारी हिउँदे अधिवेशनबाटै यसको सुनिश्चित गर्ने बताए। साथै प्रधानमन्त्री ओलीले भुपू गोर्खाजको समस्या समाधानका लागि समेत पहल गर्ने प्रतिबद्धता जनाएको एनआरएनए अध्यक्ष बद्री कसीले बताए। गैर आवासीय नेपालीको बंशजको नागरिकता राख्न नेपाल सरकार सकारात्मक रहेको केसीले बताए।
Facebook Comment