नेपालसहित दर्जन देशको करोडौं अनुदान रोक्दै ट्रम्पले भने–यो सब ठगी हो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरुलाई दिँदै आएको अनुदानको सूची सार्वजनिक गर्दै खारेज गरेका छन् । ट्रम्पले बुधबार फ्लोरिडास्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्र्दै त्यस्तो कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।अमेरिकी करदाताको पैसा, नेपाल, भारत, कोलम्बिया, युगान्डा, मोजाम्बिक, सर्बिया, मोल्डोभा, लिबेरिया, मालि, दक्षिण अफ्रिका र इजिप्टलगायत देशलाई कुन शिर्षकमा कति दिइएको छ भनेर ट्रम्प पत्राकार सम्मेलनमै बोलेका छन् ।

नेपालमा वित्तीय संघीयताका लागि भनेर २ करोड अमेरिकी डलर छुट्याइएको ट्रम्पले भनेका छन् । मतदाता साक्षरताका लागि दुई करोड दश लाख अमेरिकी डलर भारतका लागि छुट्याइएको ट्रम्पले भनेका छन् ।चुनाव र राजनीतिक प्रक्रिया सुदृढीकरणका लागि भनेर मोल्डोभालाई दिन ४० करोड ६० लाख अमेरिकी डलर छुट्याइएको ट्रम्पले सम्मेलनमा भनेका छन् ।“नेपालमा वित्तीय संघीयताका लागि दुई करोड अमेरिकी डलर, यी तथ्यांक सुन्नुहोस् यो सबै ठगी हो,” ट्रम्पले अमेरिकी करदाताको करोडौं रकम अनुदानका रुपमा विभिन्न देशहरुलाई उपलब्ध भइरहेको सूची सार्वजनिक गर्दै भनेका थिए ।यस्तै उनले नेपालमा जैविक विविधता संरक्षणका लागि एक करोड ९० लाख अमेरिकी डलर छुट्याइएको पनि बताएका छन् ।लाइबेरियामा मतदाताको विश्वासका लागि पन्ध्र लाख अमेरिकी डलर, मालीमा सामाजिक एकताको लाथि एक करोड ४० लाख अमेरिकी डलर र दक्षिण अफ्रिकामा समावेशी लोकतन्त्रका लागि भनेर २५ लाख अमेरिकी डलर छुट्याइएको ट्रम्पले भनेका छन् ।

यसरी विभिन्न शिर्षकमा विभिन्न देशका लागि अमेरिकी करदाताको पैसा बाँडिएको भन्दै ट्रम्पले यसलाई ठगी भनेका छन् । यी अनुदान रकम रोक्ने एवम् खारेज गर्नेलगायत कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले सूची नै सार्वजनिक गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *