गैरहाजिर १० प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन

कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका १० जनालाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।प्रहरी महानिरीक्षकको सचिवालयले सार्वजनिक सूचना जारी गरी गैरहाजिर भएका प्रहरीहरुको नामठेगाना सार्वजनिक गरेको छ । र, उनीहरुलाई सात दिनभित्र गैरहाजिर हुनुको कारणसहित हाजिर हुन निर्देशन दिएको छ ।

अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।गैरहाजिर हुनेहरुमा प्रहरी सहायक हबल्दार कृष्ण कार्की लगायत छन् । बागलुङको बागलुङ नगरपालिका ८ घर भएका कार्कीको दरबन्दी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा हो । तर उनी २०८१ पुस २९ गतेदेखि हाजिर भएका छैनन् ।यसैगरी प्रहरी जवानहरु मोरङका रन्जित श्रेष्ठ, पाँचथरका विनम ज्ञाङमी, रामेछापकी अस्मी तामाङ, दाङ घोराहीका प्रज्वल घर्ती र प्युठानका रेशम पुन छन् ।

यसैगरी बागलुङका खिमबहादुर केसी, शम्शेर घर्तीमगर र कृष्ण विक तथा बर्दियाका प्रहरी कार्यालय सहयोगी जनकबहादुर गाईन पनि कार्यालयको सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना –




Leave a Reply

Your email address will not be published. Required fields are marked *