ताप्लेजुङमा प्रहरी र केबलकारविराेधी समूहबीच फेरि झडप
नो केलकार समूह मसालसहित फुङलिङ बजार प्रवेश गरेपछि प्रहरीसँग झडप भएको छ ।झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । काफ्लेपाटीबाट फर्किएको समूहले फुङलिङमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए ।
वीरेन्द्र चोकमा झडप भएको हो । प्रदर्शनमा राजेन्द्र महतोको नेतृत्वमा मधेश प्रदेशबाट आएसमेत भएको बुझिएको छ ।प्रदर्शनकारीले केही घरमा आगाजानी र प्रहरीमाथि आगोको मुस्लो फ्याँकेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको सीडीओ नेत्रप्रसाद पौडेलले बताए ।
अहिले सुरक्षा समितिको बैठक बसिरहेको उनले बताए । केही घरमा आगजानीको प्रयास भएको र क–कसको घरमा भन्ने बुझ्ने प्रयास जारी छ ।
Facebook Comment