संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा पनि अध्यादेश कार्यसूचीमा परेको छैन ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने, गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक ,२०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै वनमन्त्री ऐनबहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छनु ।

यस्तै राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने र विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *