इजरायलले ६०२ जना प्यालेस्टिनी कैदी रिहा नगरेपछि हमास–इजरायल युद्धविराममा धक्का
हमासले शनिबार ६ बन्धक छाडेको सट्टामा हुने भनिएको ६०२ जना प्यालेस्टिनी कैदी रिहा इजरायलले अनिश्चितकालका लागि स्थगन गरिएको बताएको छ । इजरायलको कैदी रिहा नगरेपछि युद्धविराम प्रक्रियामा ठूलो धक्काको रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गाजामा युद्धविरामअन्तर्गत हमासले शनिबार ६ जना बन्धक छाडेको थियो । बदलामा इजरायलले पनि जेलमा रहेका ६०२ प्यालेस्टिनी रिहा गर्ने सम्झौता थियो ।
तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी बन्दीहरूको रिहाइ अब हमासले बाँकी बन्धक रिहा गर्ने ग्यारेन्टी नगरेसम्म रोकिने बताएका छन । नेतान्याहुले हमासले युद्धविरामसँग सम्बन्धित नियम लगातार उल्लंघन गरेको आरोप लगाएका छन् । पहिलो चरणको युद्धविरामबिच दोस्रो चरणको युद्धविराम गर्न मध्यस्थकर्ताहरूले छलफल गर्ने बताइएको छ ।
Facebook Comment