त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङका लागि १३ करोडको ठेक्का

नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङका लागि ठेक्का खुलाएको छ।प्राधिकरणले एक सूचना निकालेर तीन वर्षका लागि न्यूनतम १२ करोड ९८ लाख सोह्र हजार रुपैयाँमा विमानस्थलको अपरेशन भवन तथा आन्तरिक टर्मिनल भवन अगाडिको सात हजार सात सय ५५ वर्गमिटर क्षेत्रको पार्किङको ठेक्का खुलाएको हो।ठेक्कामा सहभागी हुन चाहनेले एघार हजार तीन सय रुपैयाँको बोलपत्र फारामको दस्तुर तिरेर भर्न पाउनेछन्। बोलपत्र चैत १० गतेसम्म दाखिला गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।यसअघि विमानस्थलको पार्किङमा चर्को शुल्क उठाएको विषय सार्वजनिक चासोमा भइरहेको बेला प्राधिकरणको नयाँ टेन्डर खुलाएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *