युक्रेनले खनिजमा पहुँच नदिए अमेरिकाले स्टारलिंकको इन्टरनेट काट्ने

अमेरिकी नेगोसिएटरहरूले युक्रेनका महत्त्वपूर्ण खनिज स्रोतमा अमेरिकालाई पहुँच नदिएमा स्टारलिंकको स्याटेलाइट इन्टरनेट सेवा कटौती गर्ने सम्भावना बढाएका छन् ।स्टारलिंक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा महत्त्वपूर्ण प्रभाव पारिरहेका विश्वकै धनाढ्य एलन मस्कको कम्पनी हो ।युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको खनिजमा पहुँच दिनेबारेको प्रारम्भिक प्रस्ताव अस्वीकार गरेका थिए ।

त्यसपछि अमेरिकी र युक्रेनी अधिकारीबीचको छलफलमा स्पेसएक्सको स्वामित्वमा रहेको स्टारलिंकको इन्टरनेटको कुरा उठेको रोयर्टसले जनाएको छ ।स्टारलिंकले रुससँग युद्धग्रस्त युक्रेन र यसको सेनालाई महत्त्वपूर्ण इन्टरनेट कनेक्टिभिटी प्रदान गरेको छ । युक्रेनले नर्थ स्टार भनेको स्टारलिंकको इन्टरनेट गुमाउनु यसका लागि ठूलो समस्या हुनसक्ने आकलन गरिएको छ ।यसबीच अमेरिकी पक्षले खनिजको सम्झौता नभएमा इन्टरनेट काट्नसक्ने कुरा छलफलमा निकालेका हुन् ।अमेरिकाले चीनमाथिको निर्भरता हटाउने गरी अत्याधुनिक हतियार, विद्युतीय उपकरण एवं सेमिकन्डरक्टरलगायत बनाउन चाहिने युक्रेनी रेयर अर्थमेटलको खानीमा पहुँच प्राप्त गर्न चाहेको छ ।

त्यसपछि अमेरिकाले युक्रेनलाई थप आर्थिक सहायता दिने भनेको छ ।युक्रेनले अमेरिकीतर्फबाट सम्झौतामा सुरक्षा ग्यारेन्टी नभएको र अहिलेकै अवस्थामा भने यो सम्झौता स्वीकार नगर्ने भनेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *