पाथीभरामा कानूनअनुसार नै केबलकार बनाउने अनुमति दिएको कुरा नबिर्सौं : योगेश

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारको विरोधमा भइरहेका गतिविधिबारे ध्यानाकर्षण गराएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले कानूनअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको कुरा बिर्सन नहुने बताएका छन् ।‘नेपालको ऐन कानूनको व्यवस्थाअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै काम अगाडि बढाएको हो’, सांसद भट्टराईको भनाइ छ ।

उनले भने, ‘विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर, सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनु पर्छ ।’विकासका विरोधी कोही पनि नभएको भन्दै उनले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराउन थाल्यो भने विवाद निम्त्याउने बताए ।भट्टराईको भनाइ थियो, ‘हामी सबै मिलेर बसेको देशमा यो खालको स्थिति सिर्जना हुनु दुःखद हो ।’शनिबार राति केबलकारविरोधी समूहको मसाल जुलुसको कारण स्थिति तनावग्रस्त बनेकोमा प्रहरीले संयम अपनाउँदा थप नोक्सान हुनबाट जोगिएको उनको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *