हेप्नुको पनि सीमा हुन्छ भन्दै गोकुलको गर्जन- जे पायो त्यही विदेशी सहायता स्वीकार नगरौं
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारले विदेशी सहायता प्राप्ति र परिचालनका लागि राष्ट्रिय नीति बनाउन ढिला भइसकेको भन्दै तत्काल त्यसतर्फ कदम चाल्न सुझाव दिएका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बास्कोटाले विदेशी सहयोग स्वीकार र परिचालनको प्रणाली बसाउन र हाम्रो लेखा प्रणालीभित्र राख्न आवश्यक भएको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको वित्तीय सहायतालाई फ्रड भनेकोप्रति आपत्ति जनाउँदै बास्कोटाले अब आँखा खोल्ने बेला आएको बताए ।
बास्कोटाले भने–
अमेरिकाले लामो समयदेखि विभिन्न एजेन्सीमार्फत नेपाललाई सहयोग गर्दै आएको छ । नेपालले पनि सहयोग स्वीकार गर्दै आयो । थर आज आज ठग बनाइएका छौं, उल्टो प्रहार हामीमाथि भएको छ । उनीहरूले सहयोग दिए हामीले लियौं, जसले सहयोग दिएको हो उसले फ्रड गरेको हो कि हामीले गरेको ? उहाँहरूले दिएको सहयोगको अनुगमन र लेख परीक्षण कसले गरेको छ ? त्यसैले अब हामीले आँखा खोल्नुपर्छ, सहयोगका सीमाहरू स्पष्ट पार्नुपर्छ । जे पायो त्यही, जसको पायो त्यही स्वीकार नगरौं, बजेटरी सिस्टमभित्र पनि सुधार गरौं ।सांसद बास्कोटाले बेलैमा सत्तापक्ष र प्रतिपक्ष नभनी विदेशी सहयता र वैदेशिक सम्बन्धका विषयमा नीति नबनाउने हो भने नेपाल युक्रेन जस्तो नबन्ला भन्न नसकिने चेतावनीसमेत दिए । उनले अहिलेको सरकार आएरमात्र बिग्रेको आरोप प्रतिपक्षले लगाएको भन्दै आफ्ना पालामा के भयो ? भन्ने आत्मसमीक्षा गर्न समेत सुझाव दिए ।
Facebook Comment