प्रधानमन्त्रीको जन्मदिन : केकको दायाँबायाँ फुटबल, ड्रोनबाट पुष्पवृष्टि

काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजबाट ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु हुँदैछ ।उद्घाटन खेलअघि आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि एन्फा कम्प्लेक्स पुगेका छन् ।प्रधानमन्त्री ओलीको आज ७४ औं जन्मदिन पनि हो ।

उनले बिहानै सामाजिक सञ्जालबाट अन्य केही कार्यक्रम नराखिएको र एन्फा कम्प्लेक्समै आयोजित कार्यक्रममा शुभकामना साटासाट हुने बताएका थिए ।ओलीको जन्मदिन पारेर सुरु गरिएको यस प्रतियोगिताको सुरुवात केक काटेर गरिएको थियो ।एन्फा कम्प्लेक्समा ओलीलाई पत्नी राधिका शाक्यले केक खुवाइन् । केक काट्ने कार्यक्रमलगत्तै केपी ओली कपको उद्घाटन गरिएको थियो ।प्रधानमन्त्रीको जन्मदिनमा काटिएको केकको दायाँबायाँ फुटबल समेत बनाइएको थियो भने केक काट्दै गर्दा ड्रोनबाट पुष्पवृष्टि गरिएको थियो ।उद्घाटन खेल केहीबेरमा सुरु हुँदैछ ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *