पाथीभरा केबलकारमा सरकार सञ्चालकहरूको पनि सेयर रहेको प्रचण्डको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पाथीभरा केबुलकार विवादमा बल प्रयोग भए आन्दोलनकारीको पक्षमा उभिने चेतावनी दिएका छन् ।मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले मुक्मुलुङमा चलिरहेको विवाद दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे ।

उनले भने, ‘यो मुद्दा सांस्कृतिक, भावनात्मक र ऐतिहासिक मुद्दा हो । यसलाई बल प्रयोग गरेर हल गर्ने दुस्साहस सरकारले नगरोस् । यदि बल प्रयोग गरेर पहिचानको मुद्दालाई हल गर्न खोजियो भने दुर्भाग्य हुन्छ । खबरदार बल प्रयोग नगर्नू । यसलाई संवाद र समझदारीको माध्यमबाट, हामीले सबैलाई मान्न हुने बाटो खोज्नुपर्छ । तर, झन् बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाएर, विचरा प्रहरी नचाहँदा नचाहँदै पनि सरकारले भनेको मान्नुपर्ने थुप्रै प्रहरी पनि घाइते हुने जुन परिस्थिति सरकारले बनाएको छ ।

’उनले केबलकारमा सरकार सञ्चालकहरूको पनि ठूलो सेयर रहेकै कारणले जनता मारेर भएपनि बनाइछाड्ने भन्ने मुर्खतातिर सरकार लागेको आरोप लगाए ।सरकारले दमन नरोके आन्दोलनकारीको पक्षमा उभिएर देशव्यापी आन्दोलनमा जाने प्रचण्डको चेतावनी थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *